Rule 35
प्रयोगशालाको काम, कर्तव्य र अधिकार
(१) ऐनमा लेखिएदेखि बाहेक प्रयोगशालाको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) वातावरणको संरक्षण तथा प्रदूषण नियन्त्रण सम्बन्धमा मन्त्रालय वा सम्बन्धित निकायबाट परीक्षण गर्न अनुरोध गरिएका चिज वा
वस्तुलाई प्राथमिकता दिई परीक्षण गर्ने,
(ख) विशेष किसिमको प्रदूषण फैलिएको कारणबाट वातावरणमा गम्भीर असर पर्न गएको देखिएमा मन्त्रालयले तोकिदिएको समयावधि भित्र
त्यस्तो प्रदूषण सम्बन्धमा जाँच गरी मन्त्रालय समक्ष प्रतिवेदन पेश गर्ने ।
(२) उपनियम (१) को खण्ड (ख) बमोजिम प्रदूषण जाँच गर्ने प्रविधि नभएका प्रयोगशालाले सम्बन्धित निकाय वा मन्त्रालयको अनुरोधमा विदेश स्थित प्रयोगशालाबाट त्यस्तो प्रदूषणको जाँच गराउनु पर्नेछ ।